Home अर्थ/व्यापार सडक डिभिजन हेटौंडाद्वारा २१ वटा ठेक्का तोड्यो, निर्माण कम्पनिलाई कालो सूचिमा राखिने

सडक डिभिजन हेटौंडाद्वारा २१ वटा ठेक्का तोड्यो, निर्माण कम्पनिलाई कालो सूचिमा राखिने

सडक डिभिजन हेटौंडाले आज प्रकाशित गरेको ठेक्का तोडिएको सूचना ।

हेटौंडाः सडक डिभिजन हेटौंडाले ठेक्का सम्झौताअनुसार निर्माण योजना पूरा नगर्ने निर्माण कम्पनिसँगको ठेक्का सम्झौता तोडेको छ । सडक डिभिजन कार्यालयसँगको सर्तनामा बमोजिम काम गर्न ठेक्का सम्झौता गरेका २१ वटा निर्माण कम्पनिसँगको ठेक्का तोकिएको सूचना आज प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७०/७१ सम्मका ठेक्का सम्झौता गरेर काम नगर्ने कम्पनिसँगको ठेक्का तोड्दै सडक डिभिजन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ बमोजिम बैंक जमानत जफत गरी बाँकी कामको रकम सरकारी बाँकी सरह असुल उपर गर्ने र निर्माण कम्पनिलाई कालो सूचिमा राख्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको सडक डिभिजन हेटौंडाका प्रमुख योगेश सुमनले जानकारी दिनुभएको छ । मकवानपुर, बारा र पर्सा जिल्लाका विभिन्न योजनाको ठेक्का तोडिएको उहाँले जानकारी दिनुभयो ।

डिभिजन सडक हेटौंडाले मकवानपुरका ७ वटा निर्माण कम्पनि, पर्साका ६ वटा कम्पनि, बारा जिल्लाका ३ कम्पनि र काठमाडौंका एक निर्माण कम्पनि रहेका छन् । निर्माण कम्पनिले सम्झौताको म्याद समाप्त भई पटक पटक म्याद थप गरेर पनि लामो अवधिसम्म सम्झौता बमोजिम कार्य सम्पन्न नगरेकोले ठेक्का तोड्ने निर्णय गरिएको जनाएको छ ।

सडक डिभिजन हेटौंडाले आज प्रकाशित गरेको ठेक्का तोडिएको सूचना ।

Exit mobile version