Home समाज दिव्यसेवा निकेतनमा खाना र खाजा

दिव्यसेवा निकेतनमा खाना र खाजा

हेटौंडाः जेसीआई हेटौंडा लेडीले हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनमा आश्रितलाई दिवा खाना र खाजा सहयोग गरेको छ । मकवानपुरमा विभिन्न सामाजिक कार्य गर्दै आएको जेसीई हेटौंडा लेडीले सोमबार दिव्यसेवा निकेतनमा एक कार्यक्रमको आयोजना गर्दै खाना र खाजा सहयोग गरेको कार्यक्रमकी संयोजक सहनशिला ढकालले जानकारी दिनुभएको छ ।

जेसीआई हेटौंडा लेडीकी अध्यक्ष सुशीला पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा दिव्यसेवा निकेतनका अध्यक्ष टेकराज निरौलाको प्रमुख आतिथ्य रहेको थियो भने जेसीआई हेटौंडाका उपाध्यक्ष विकेशलाल श्रेष्ठ, जेसीआई हेटौंडा लेडीका पूर्वअध्यक्ष एवम् कानुनी सल्लाहकार रश्मि बस्नेतको आतिथ्य रहेको थियो ।

Exit mobile version