हेटौंडाः सहिद प्रित—भुपेन्द्रको स्मृतिमा आज हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । हेटौंडा क्याम्पस परिसरमा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । प्रित—भुपेन्द्र स्मृति प्रतिष्ठानका संयोजक तथा हेटौंडा—१२ का वडा अध्यक्ष ललित घलानको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्य रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बागमती प्रदेश सभा सदस्य पे्रम बहादुर पुलामी, ओम बहादुर ग्लान, सहिद प्रित मोक्तानका दाजु होम मोक्तान, भुपेन्द्र तिमल्सेनाका दाजु राजु तिमल्सेना, हेटौंडा क्याम्सका प्रमुख देवचन्द्र मानन्धर लगायतको उपस्थिति रहेको रहेको थियो ।