हेटौंडाः हेटौंडामा आज त्रिसत्य महाकाव्य विमोचन भएको छ । हेटौंडा–४, निवासी पूर्व शिक्षक एवम् साहित्यकार चेतप्रसाद पौडेल (सैपुले साँहिलो) द्धारा लिखित महाकाव्य आज विमोचन गरिएको हो ।
साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको सभाध्यक्षतामा भएको विमोचन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा मेयर महतले पौडेलद्धारा लिखित महाकाव्य विमोचन गर्नुभएको थियो । लामो समय शिक्षण पेशामा बिताएका पौडेलले विज्ञान र व्रम्हाण्डलाई समेटेर आफ्ना शब्दहरु महाकाव्य मार्फत प्रस्तुत गर्नुभएको छ । महाकाव्यमा तीन अक्षर चार चरण नौ वाक्य र ३६ शब्दसहित एक सय आठ अक्षरको एक शिर्षक रहेको छ । महाकाव्यमा कुल ३ सय ३३ वटा शिर्षकहरु रहेका छन् । महाकाव्यमा सुशासन कायम गर्ने , बिकृतिको अन्त्य गर्दे असल चरित्र निर्माण गर्ने विषयमा ब्याख्या गरिएको छ ।
महाकाव्य विमोचन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष नविन सिग्देल, मातृभूमि साहित्य समाज मकवानपुरका संस्थापक अध्यक्ष ह्यगृव आचार्य लगायतको उपस्थिती रहेको थियो ।