Home मुख्य समाचार सानोपोखरा क्लबलाई गल्स रुम नेपालको सहयोग

सानोपोखरा क्लबलाई गल्स रुम नेपालको सहयोग

हेटौंडाः हेटौंडा–५, खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले सञ्चालनमा ल्याएको फुड बैंकलाइ आज गल्स रुम नेपालले खाद्यान्न सहयोग गरेको छ । “मुठ्ठी–दान महाकल्याण अभियान” अन्तरगत गल्स रुम नेपालले सानोपोखरा क्लबको कार्यालयमा पुगेर सहयोग गरेको क्लबका सल्लाहकार विशालराज महतले बताउनुभयो । गल्स रुमले महिला हिंसाबारे आवाज उठाउदै आउनुका साथै देशैभर सामाजिक कार्यमा पनि सहयोग गर्दै आएको छ ।

काठमाडौं निवासी रुना महतको समन्वयमा सानोपोखरा क्लबका कोषाध्यक्ष माधवलाल श्रेष्ठलाई ७ हजार रुपैयाँ बराबरको तेल, चामल, सोयविन लगाएतको खाद्यान्न गल्स रुम नेपालकी सदस्य मौसमी श्रेष्ठले हस्तान्तरण गर्नुभएको क्लबका सल्लाहकार महतले बताउनुभयो । सहयोग कार्यक्रममा गल्स रुम नेपालकी अध्यक्ष सुस्मिता विस्ट, सदस्यहरु सम्झना विस्ट, भवानी सुवेदी र सानोपोखरा क्लबका सचिव उत्तर दुलाल लगाएतको उपस्थिती रहेको थियो ।

Exit mobile version