हेटौंडाः हेटौंडाका २३ जनामा आज कोरोना पुष्टि भएको छ । आज राति प्राप्त रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिकाका २३ जना, थाहा नगरपालिकाका १ जना र १ जना जितपुर सिमराका रहेका छन् ।

भाद्र ३१ गते स्वाब सङ्कलन गरिएको १ सय ४३ नमूना परिक्षण गर्दा आज २५ जनामा कोरोना पुष्टि भएको आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखा हेटौंडाले जनाएको छ । त्यस्तै आज १९ जना कोरोना सङ्क्रमितहरुको पुनः परीक्षण गर्दा कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ ।