Home मुख्य समाचार संविधान दिवसको अवसरमा शनिबार रक्तदान हुँदै

संविधान दिवसको अवसरमा शनिबार रक्तदान हुँदै


हेटौंडाः पर्सी शनिबार छैटौं संविधान दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम हुने भएको छ । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा समितिको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको हो ।

समितिले हेटौंडा-४, कर्राचोकमा पर्सी शनिबार बिहान रक्तदान गर्ने जनाएको छ । रक्तसञ्चार केन्द्र हेटौंडा शाखाको प्राविधिक सहयोगमा रक्तदान हुने भएको हो ।

Exit mobile version