सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा–५, स्थित रुद्रेश्वर मन्दिर नजिकैको जंगलमा आज एक महिलाको शव फेला परेको छ । हेटौंडा–५, पिप्ले निवासी ६० वर्षीया लेखकुमारी सुवेदीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनुभयो ।

सुवेदी भाद्र २८ गते दिनको साढे तिन बजेबाट परिवारको सम्पर्क बाहिर रहेकी थिइन् । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।