हेटौंडाः हेटौंडा–५, सानोपोखरा क्लबले भोलिबाट घरघरमै पुगरे खाद्यान्न सहयोग गर्ने भएको छ । क्लबले वास्तविक समस्यामा परेका, कामगर्न नसक्ने, बृद्धाबृद ,अपाङ्गहरुलाई मध्यनजर गरेर घरमै गएर सहयोग गर्ने भएको क्लबका सल्लाहकार विशालराज महतले बताउनुभयो ।

खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले भाद्र १७ गतेबाट फुड बैंक सञ्चालनमा ल्याएको थियो । १६ दिनसम्म क्लबले ५ सय ८८ परिवारलाई कार्यालय परिसरबाट खाद्यान्न वितरण गरेको छ ।

यस्तै भोलिदेखि सानोपोखरा क्लबको परिसरमा खाद्यान्न वितरण नगर्ने भएको छ । क्लबले अब हेटौंडा–५ को टोलटोलमा पुगेर टोलविकास संस्थाहरुसँग समन्वय गरेर वास्तविक समस्यामा परेकाहरुलाई मात्र खाद्यान्न सहयोग गर्ने भएको उहाँले जानकारी दिनुभयो ।