हेटौंडाः रेडक्रस मकवानपुरले जिल्लाको कैलाश गाउँपालिकाको वडा नम्बर ५ र ६ का ७५० परिवारहरुलाई हात धुने प्रयोजनका लागि धारा जडित २०/२० लिटरको बाल्टी र ६/६ थान सावुन, अति सकंटासन्न अवस्थाका महिलाहरुलाई १/१ सेटका दरले ५० सेट हाइजेनिक किट एक कार्यक्रमका बिच आज सहयोग गरेको छ ।

सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा कैलाश गाउँपालिकाका उपाध्यक्ष सुकुमाया थिङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रेडक्रस मकवानपुरका शाखाका कार्यबाहक सभापति लालबहादुर थापा, मन्त्री खेमराज सापकोटा, कोषाध्यक्ष पिताम्बर बास्तोला, कैलाश गाउँपालिका–५ का वडा अध्यक्ष छेकु लामा, वडासदस्य राधिका विक, वडा नम्बर ६ का सदस्य लक्ष्मी मुक्तान, रेडक्रस गोगने उपशाखाको सभापति बच्चु ढुङ्गाना, रेडक्रसका कार्यक्रम सयोजक लक्ष्मण भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

रेडक्रस मकवानपुरले कैलाश गाउँपालिका वडा नम्बर ६ मा संकट तथा विपतका समयमा स्वयंसेवकहरुले प्रयोग गर्ने एक वाक्सामा २७ थरिका सामग्री समेत हस्तान्तरण गरेको छ ।