हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट आज १ सय ४३ जनाको स्वाब नमूना सङ्कलन गरेर परीक्षणको लागी हेटौंडा-१०, स्थित प्रादेशिक कोरोना प्रयोगशालामा पठाइएको छ । आज ८० जना पुरुष र ६३ जना महिलाको स्वाबको नमूना सङ्कलन गरिएको हो । आज ३२ जना कोरोना सङ्क्रमितहरुको र १ सय ११ जना नयाँ व्यक्तिको स्वाब नमूना सङ्कलन गरेर परिक्षण गर्न पठाएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागााईले बताउनुभयो ।
आज हेटौंडा उपमहानगरपालिकाकाबाट १ सय १ जना नयाँ व्यक्तिको स्वाब नमूना सङ्कलन गरिएको छ । त्यस्तै कैलाश गाउँपालिकाका ३ जना, थाहा नगरपालिका, बकैया गाउँपालिकाका २/२ जना, बागमती गाउँपालिका, मकवानपुरगढी र मनहरी गाउँपालिकाका १/१ जनाको स्वाब सङ्कलन गरेर कोरोना परीक्षणको लागी हेटौंडा-१०, स्थित प्रादेशिक कोरोना प्रयोगशालामा पठाइएको छ ।