Home मुख्य समाचार गौरिटार आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई खाजा सहयोग

गौरिटार आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई खाजा सहयोग

हेटौंडाः लायन्स क्लब अफ मकवानपुर डायमण्डको आयोजनामा आज हेटौंडा–६, स्थित गौरिटारमा रहेका कोरोना सङ्क्रमितहरुलाई खाजा सहयोग गरिएको छ ।

आज १३० प्लेट मःम खाजा सहयोग गरिएको हो ।

विप्याग नेपालका अध्यक्ष इन्दिरा न्यौपानेको संयोजकत्वमा भएको खाजा सहयोग कार्यक्रममा लायन्स क्लब अफ मकवानपुर डायमण्डका निर्वतमान अध्यक्ष जे.पी यादव, अध्यक्ष गौतम केसी, डाइरेक्टर शंकर नकर्मी, सचिव इरोज न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

Exit mobile version