Home समाज चेपाङलाई चौलागाईको सहयोग

चेपाङलाई चौलागाईको सहयोग

हेटौंडाः हेटौंडामा रहेको सञ्चो अस्पतालमा उपचार सकेर पैसाको अभावमा अस्पतालबाट डिस्चार्ज हुन नसकेका श्यामलाल प्रजा (चेपाङ) लाई उत्सव चौलागाईले सहयोग गनुभएको छ । राक्सिराङ गाउँपालिका–३ का उनी केही दिन अगाडि मात्र एपेन्डीसाईटिसको शल्यक्रियाका लागि अस्पतालमा भर्ना भएका थिए ।

शल्यक्रिया पछि पैसाको अभावका कारण घर फर्किन नसेका उनलाई मेडिकल ल्याब एसोसियसन नेपाल (मेलान) का केन्द्रीय सचिवालय सदस्य समेत रहेका उत्सव चौँलागाईले अस्पतालमा पुगेर दश हजार रुपैयाँ सहयोग गर्नु भएको हो । प्रजाको अस्पतालमा तीस हजार रुपैयाँ तिर्न बाँकी रहेकोमा अस्पतालसँग समन्वय गरी उक्त रकम पनि छुट गराई मंगलबार डिस्चार्ज गरिएको चौलागाईले बताउनुभयो ।

Exit mobile version