हेटौंडाः हेटौंडा–५, सानोपोखरामा खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबलाई आज नेपाली कांग्रेस हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुलीले सहयोग गर्नुभएको छ ।

क्लबले सानोपोखरामा फुड बैंक सञ्चालन गर्दै आएको छ । क्लबको एक व्यक्ति एक दिन सहयोग कार्यक्रम अन्तर्गत आज नगर सभापति पराजुलीले क्लबलाई १५ हजार बराबरको २६ परिवारलाई पुग्ने खाद्यान्न सहयोग हस्तान्तरण गर्नुभएको क्लबका सल्लाहकार विशालराज महतले जानकारी गराउनुभयो ।

यस्तेैे भोली हेटौंडा–५ , पिप्लेमा रहेको ब्याटमिन्टन टोलीले क्लबलाई खाद्यान्न हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।