Home मुख्य समाचार फुड बैंकलाई नगर सभापति पराजुलीको सहयोग

फुड बैंकलाई नगर सभापति पराजुलीको सहयोग

हेटौंडाः हेटौंडा–५, सानोपोखरामा खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबलाई आज नेपाली कांग्रेस हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुलीले सहयोग गर्नुभएको छ ।

क्लबले सानोपोखरामा फुड बैंक सञ्चालन गर्दै आएको छ । क्लबको एक व्यक्ति एक दिन सहयोग कार्यक्रम अन्तर्गत आज नगर सभापति पराजुलीले क्लबलाई १५ हजार बराबरको २६ परिवारलाई पुग्ने खाद्यान्न सहयोग हस्तान्तरण गर्नुभएको क्लबका सल्लाहकार विशालराज महतले जानकारी गराउनुभयो ।

यस्तेैे भोली हेटौंडा–५ , पिप्लेमा रहेको ब्याटमिन्टन टोलीले क्लबलाई खाद्यान्न हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

Exit mobile version