हेटौँडाः लागूऔषध खैरो हिरोइनसहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोमबार साझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–११ थानाभ¥याङबाट स्थानीय २३ वर्षीय समीर क्षेत्रीलाई पक्राउ गरेको हो । शंका लागेर रितपूर्वक खानतलासी गर्दा क्षेत्रीको साथबाट ६२० मिलीग्राम खैरो हिरोइन फेला परेको थियो । मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई प्रहरीले क्षेत्रीलाई हिरासतमै राखी थप अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।