हेटौंडाः मकवानपुर जिल्लाका ६ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
कुल ६ हजार ५८ स्वाबको नमूना परिक्षण गर्दा ६ सय २३ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकाहरुमध्ये ४४२ जना सङ्क्रमण मुक्त भएका छन् भने हालसम्म ५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै मकवानपुरमा १७ जना कोरोनाका सङ्क्रमितहरु थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार आज मकवानपुरमको संस्थागत आइसोलसनमा ६८ जना र घरकै आइसोलेसनमा १ सय ८ जना बसेका छन् ।