हेटौँडा : बागमती प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेश सरकारको बिहीबार बसेको बैठकको सिफारिस अनुसार प्रमुख दीपक प्रसाद देवकोटाले शुक्रबार प्रदेश सभाको वर्षे (बजेट) अधिवेशन बैठक आह्वान गरेका हुन् ।
प्रदेश सभा बैठक जेठ ११ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेश प्रमुख कार्यालय हेटौंडाकी अधिकृत निशा न्यौपानेले जानकारी दिइन् । उनका अनुसार मन्त्रिपरिषद्को सिफारिस अनुुसार प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अठारौं अधिवेशन बैठक जेठ ११ गते सोमबार दिउँसो १ बजे आह्वान गरेका हुन् । उक्त अधिवेशन बैठकले प्रदेश सरकारको नीति कार्यक्रम र बजेट निर्माण गर्नेछ ।











