हेटौंडाः त्रिभुवन राजपथको हेटौंडा–१ सामरीमा आज बिहान ट्रिपरले ठक्कर दिएर विजुलीको पोल ढालेको छ । ना १ क ६५७९ नम्बरको ट्रिपरको ठक्करबाट सामरी पुल वारी ग्रामीण फिडर ११ केभी लाईनको पोल ढलेको हो ।

पोल ढलेसँगै सुपारीटार व्यारेक, गढी, आमभञ्ज्यागङ लगायतका स्थानहरुको विद्युत लाईन अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जानकारी दिएको छ । मर्मतको कार्य भइरहेको र यथाशिघ्र विद्युत सुचारु गरिने प्राधिकरणले जनाएको छ ।