हेटौंडाः मकवानपुरमा आज १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको दैनिक प्रतिवेदनमा मकवानपुरका १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।
पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा सबैभन्दा बढी काठमाडौंमा ३२६ जना, भक्तपुरमा ४९ जना, चितवनमा ४५ जना, ललितपुरमा ३६ जना, धादिङमा १५ जना, दोलखामा १० जना, रामेछापमा ४ जना, सिन्धुलीमा ४ जना र नुवाकोटमा एक जना गरी ५०६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा ३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । ४१ वर्षीय पुरुषको भदौ १ गते नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने अन्य दुईजनाको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।