Home मुख्य समाचार मनहरीमा १२५ जनाले रक्तदान गरे

मनहरीमा १२५ जनाले रक्तदान गरे

मनहरीः ५८ औं रेडक्रस स्थापना दिवसको अवसरमा पश्चिम मकवानपुरको मनहरीमा आज भएको रक्तदान कार्यक्रममा १२५ जनाले रक्तदान गरेका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी मनहरी गाउँपालिका कमिटी र मनहरी एफएमले नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरेको हो ।

कोरोना सङ्क्रमणका कारण रक्तदान कार्यक्रम नभइरहेका बेला रगतको अभाव टार्न रेडक्रस दिवसमा रक्तदान गरिएको बताइएको छ । मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित मनकामना मन्दिर परिसरमा स्वास्थ्य सुरक्षा विधि अपनाई भौतिक दूरी कायम गरी रक्तदान आयोजना गरिएको हो ।

Exit mobile version