हेटौंडाः पुष्पलाल मित्रता केन्द्र मकवानपुरले ६० वर्ष माथिका वृद्धवृद्धालाई लक्षित गरी स्टिमर मेसिन वितरण गरेको छ । नेकपासम्वद्ध पुष्पलाल मित्रता केन्द्रले शुक्रबार हेटौंडा उपमहानगरपलिका वडा नम्बर ११ मा दुईजना, वडा नम्बर ९ मा एकजना, वडा नम्बर ४ मा ३ जना र वडा नम्बर ५ मा ५ जना गरी ११ जना वृद्धवृद्धालाई स्टिमर मेसिन वितरण गरेको छ ।

कोरोना भाइरस सङ्क्रमित भई घरमै आइसोलेसनमा बसेका वृद्धवृद्धाहरुलाई तातोपानीको वाफ लिन सहज होस् भनेर स्टिमर मेसिन वितरण गरिएको पुष्पलाल मित्रता केन्द्र मकवानपुरका अध्यक्ष मदन दाहालले जानकारी गराउनु भयो । स्टिमर मेसिन वितरण कार्यक्रममा नेकपा मकवानपुरकी अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल, नेकपा मकवानपुरका सचिव एवम् बागमती प्रदेश सभा सदस्य पे्रम बहादुर पुलामी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण भण्डारी, पुस्पलाल मित्रता केन्द्रका केन्द्रीय सदस्य रामकुमार एलनको पनि सहभागिता रहेको थियो ।