हेटौंडाः संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) मकवानपुर जिल्ला समिति र हेटौंडा उपमहानगर समितिले आज निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (व्याव्सन) मकवानपुरको कार्यालयमा तालाबन्दी गरेको छ ।
प्याव्सन मकवानपुर जिल्ला समिति र हेटौंडा उपमहानगर समितिले केहीदिनअघि विज्ञप्ति प्रकाशन गरी निजी विद्यालयका शिक्षक, कर्मचारीलाई भदौ महिनादेखि तलब दिन नसक्ने जनाएसँगै निजी विद्यालयका शिक्षक, कर्मचारी आन्दोलित भएका छन् । इस्टु मकवानपुरका अध्यक्ष सचिन लामा, हेटौंडा उपमहानगर समितिका अध्यक्ष सिएम रिमाल, केन्द्रीय समितिका पदाधिकारीसहितको एक समूहले आज बिहान तालाबन्दी गरेका हुन् ।
इस्टुले प्याव्सन मकवानपुरको कार्यालयमा तालाबन्दीका कार्यक्रमसँगै शिक्षक, कर्मचारीको तलब उपलब्ध नगराउने विद्यालयको नाम सार्वजनिक गर्ने लगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।