Home मुख्य समाचार लागूऔषधसहित हेटौँडाका सागर र पुजा वीरगंजमा पक्राउ

लागूऔषधसहित हेटौँडाका सागर र पुजा वीरगंजमा पक्राउ

लागूऔषधसहित पक्राउ परेका सागर र पुजा ।

हेटौँडा : लागूऔषध खैरो हेरोइन र सेतो हिरोईनसहित हेटौँडाका दुई जना वीरगन्जमा पक्राउ परेका छन् । प्रहरीले सुरक्षाजाँचको क्रममा शुक्रबार साँझ ५ बजेको समयमा पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौँडा–११, सिमलटारका २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पुजा जिम्बा रहेका छन् । उनीहरुको साथबाट ५ ग्राम खैरो हेरोइन र ०.३४ मिलिग्राम सेतो हिरोईन बरामद भएको प्रहरीले जनाएको छ । उनीहरु अटोमा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा पक्राउ परेका हुन् ।

Exit mobile version