हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–४, बाँसघारीस्थित हाल सञ्चालनमा नरहेको ककोसिया क्याफेभित्र एक बेवारिसे अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । शुक्रबार दिउँसो १२ बजेर २० मिनेटको समयमा अन्दाजी ५५ वर्षीय पुरुष कोठाभित्र सुतिरहेको अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले उद्दार गरी उनलाई धुलिखेल अस्पताल पठाएको थियो । अस्पताल पु¥याउँदा उनी बोल्न नसक्ने र गम्भीर अवस्थामा रहेका थिए । अस्पतालले दिउँसो १ बजेर ३० मिनेटको समयमा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
