Home खेलकुद चित्लाङ बागमती गोल्डकपको फाइनलमा

चित्लाङ बागमती गोल्डकपको फाइनलमा

चित्लाङ एफसी टिम ।

हेटौँडा : चित्लाङ एफसी, काठमाडौं मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहिद स्मृति रंगशालामा बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा सिमराको नवजनजागृति क्लबलाई ५–१ गोलअन्तरले हराउँदै चित्लाङ फाइनलमा पुगेको हो ।

चित्लाङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ४३ औं र ८७ औं मिनेटमा, एरोन थापाले ७८ औं र ८१ औं मिनेटमा गोल गरे भने समीर तामाङले ७९ औं मिनेटमा गोल गरे । जनजागृतीका लागि बिक्रम लामाले ८३ औं मिनेटमा सान्त्वना गोल फर्काए । चित्लाङका सोलोमन प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार प्राप्त गरे । चित्लाङ एपीएफलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो भने क्वाटरफाइनलमा मछिन्द्रलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

चित्लाङले अब उपाधिका लागि शनिबार सर्लाहीको बागमती युथ क्लबसँग भिड्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई हराउँदै बागमती फाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Exit mobile version