Home मुख्य समाचार समावेशी आयोगकी कावा अध्यक्ष ओझाद्वारा फुड बैंकको निरीक्षण

समावेशी आयोगकी कावा अध्यक्ष ओझाद्वारा फुड बैंकको निरीक्षण

हेटौंडाः मदन भण्डारी फाउण्डेशन मकवानपुरले सञ्चालनमा ल्याएको फुड बैंकको राष्ट्रिय समावेशी आयोगकी कार्यवाहक अध्यक्ष विष्णु ओझाले निरीक्षण गर्नुभएको छ । हेटौंडा–४, कपुर कम्प्लेक्स अगाडि सञ्चालन गरिएको फुड बैंकको आज निरीक्षणमा पुग्नुभएकी ओझालाई मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले फुड बैंक सञ्चालनका विषयमा जानकारी गराउनुभएको थियो ।

निरीक्षणका क्रममा अध्यक्ष रघुनाथ खुलालले फुड बैंकलाई व्यवस्थित गदै खाद्यान्न सहयोगको दायरा बढाउ“दै लैजाने जानकारी गराउनुभयो । फुड बैंकको निरीक्षणपश्चात अध्यक्ष विष्णु ओझाले कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवारलाई लक्षित गरेर सञ्चालन गर्नु राम्रो कार्य भएको बताउनुभयो ।

ओझाले फुड बैंक व्यवस्थापनमा खटिने स्वयंसेवकलाई भौतिक दूरी कायम गर्दै सुरक्षाको मापदण्ड अपनाई सहयोगको कार्य गर्न सुझाव दिनुभयो । फुड बैंक बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ । फुड बैंक सञ्चालनमा आएको आज पा“चौं दिन ८० जनाले खाद्यान्न सामग्री लगेका छन् ।

Exit mobile version