Home कला प्रलेसको दोस्रो शृङ्खलामा ‘पाँच कविका पन्ध्र कविता’

प्रलेसको दोस्रो शृङ्खलामा ‘पाँच कविका पन्ध्र कविता’

हेटौंडाः प्रगतिशील लेखक संघ (प्रलेस) मकवानपुरले आफ्नो कार्यक्रम ‘पाँच कविका पन्ध्र कविता’ को दोश्रो शृङ्खला शुक्रबार भर्चुअल माध्यम जुममार्फत सञ्चालन गरेको छ । इटहरीका टीका आत्रेय र मिश्र बैजयन्ती, मकवानपुरका निमेष निखिल, चितवनका सुमनराज श्रेष्ठ , काठमाडौंका आरएम डङ्गोललाई कवि विशेषको रुपमा प्रस्तुत गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रलेस केन्द्रका अध्यक्ष प्राडा जीवेन्द्रदेव गिरि रहनुभएको थियो । कार्यक्रममा कविहरूले तीन/तीन ओटा कविताहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रममा पाँच कविले वाचन गर्नुभएको कविताहरू माथि समीक्षक वासुदेव अधिकारीले समीक्षा गर्नुभएको थियो । प्रस्तुत कविता सशक्त रहेको समीक्षक अधिकारीले बताउनुभयो । कविहरू प्रतिपक्षी हुने नाममा अराजक हुन नहुने पनि समीक्षक अधिकारीले धारणा व्यक्त गर्नुभयो । प्रलेस मकवानपुरका सचिव विशाल अधिकारी ‘आशुतोष’ले सञ्चालन गर्नुभएको कार्यक्रममा साहित्यकार तथा कविहरू सुवास खनाल, देवराज तिवारी, दीपक गौतम, पुरुषोत्तम आचार्य, भावना सापकोटा, रमेशमोहन अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रलेस अध्यक्ष शान्ति प्रियवन्दनाको सभाध्यक्षतामा भएको थियो ।

Exit mobile version