खाद्यान्न सामग्री हस्तान्तरण गरिँदै ।

हेटौँडा : नयाँ वर्षको सुरुवातसँगै हेटौँडा–२, चौकिटोलमा रहेको ओम बृद्धाश्रमलाई सहयोग प्राप्त हुन थालेको छ । बैशाख महिना सुरु भएदेखि आइतबारसम्म ४० हजार ५ सय २० रुपैयाँ नगद र खाद्यान्न सहयोग प्राप्त भएको छ ।

आश्रमलाई नयाँ वर्षको अवसरमा नुवाकोट जिल्लाकी प्रतिमा दाहाल तिमल्सिनाले आफ्नो जन्मदिनको अवसरमा आमाबुवाहरु माझ केक काटेर जन्मदिन मनाउनुका साथै बिहानी भोजनका लागि नगद ७ हजार ५ सय, हेटौँडा–१७ बारुतेका नर बहादुर बस्नेतले आफ्नो जन्मदिन एवम् नयाँ वर्षको अवसरमा चामल १ बोरा, दाल ३ किलो, तेल १ लिटर र नुन २ पाकेट, हेटौँडा–३, का नरबहादुर र गीता कुमारी पाख्रिन दम्पत्तिले ४ गते कुशे औंशीको अवसरका भोजन व्यवस्थापनको निमित्त नगद ७ हजार ५ सय, बैशाख ५ गते हेटौँडा–९ त्रिवेणी नगरका रामकुमार श्रेष्ठ र सुरेखा प्रधानले बेलुकाको भोजन व्यवस्थापन समेतको निमित्त नगद १० हजार ५ सय, बैशाख ९ गते हेटौँडा–११ थानाभ¥याङ्ग घर भई हाल कतार बस्ने खुशी श्रेष्ठले आफ्नो जन्मदिनको अवसरका बिहान खाना व्यवस्थापनको निमित्त नगद ७ हजार ५२० रुपैयाँ सहयोग गर्नुभएको छ ।

शनिबार हेटौँडा–३ बसामाडीका ठाकुरराम अर्यालले आफ्नो पिता टंक बहादुर अर्यालको २०८२ चैत्र ६ गते तथा दाजु भरत बहादुर अर्यालको २०८२ चैत्र २८ गते स्वर्गारोहण भएकोमा उहाँहरुको पूण्यतिथिमा चामल ४ बोरा, दाल १ किलो ५ सय ग्राम, तेल २ लिटर, चिनी ९० किलो, मिश्री १० किलो, पिठो ८५ किलो, मस्यौरा ५ किलो र नुन ६ किलो वितरण गर्नुभएको छ । हेटौँडा–४ गर्दोईका अर्जुनप्रसाद पोख्रेलले हाल जापान बस्ने छोरा आभाष पोख्रेलको जन्मदिनको अवसरमा बिहान एक छाक भोजन व्यवस्थापनको निमित्त नगद ७ हजार ५ सय रुपैयाँ सहयोग गर्नु भएको छ । आश्रममा २४ जना आमाबुबा आश्रित हुनुुहुन्छ ।