Home मुख्य समाचार भीमफेदीमा तीन वटा सवारी ठोक्किँदा दुई जना घाइते

भीमफेदीमा तीन वटा सवारी ठोक्किँदा दुई जना घाइते

सांकेतिक तस्वीर ।

हेटौँडा : हेटौँडा–भैँसे सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका–१, सुन्दरीमाईमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । आइतबार दिउँसो ३ बजेको समयमा हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको बीएसी ८६४० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना १९ प ५८७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । सोही क्रममा मोटरसाइकलको पछाडि आइरहेको ना १ ज २९५४ नम्बरको सुमोले मोटरसाइकललाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४ का ३० वर्षीय गंगाप्रसाद सुवेदी र पछाडि सवार मकवानपुरको भीमफेदी–८ का २९ वर्षीय मनोज कठायत घाइते भएका थिए । घाइते दुवैको अवस्था मध्यम रहेको र उपचारका लागि हेटौडा अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न कार चालक धनकुटा नगरपालिका–७ का ३२ वर्षीय जगत डंगोल तथा सुमो चालक हेटौँडा–१ का २४ वर्षीय ईश्वर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Exit mobile version