हेटौँडा : हेटौँडामा जारी उपमेयर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको सेमीफाइनल समीकरण पनि पूरा भएको छ । आज (सोमबार) बिहान क्वार्टरफाइनल चरणको खेल जित्दै हेटौँडा–११ र हेटौँडा–१२ को टिम सेमीफाइनल प्रवेश गरेसँगै पुरुषतर्फ पनि सेमीफाइनल समीकरण पूरा भएको हो । यसअघि हेटौँडा–१८ र हेटौँडा–१९ सेमीफाइनल प्रवेश गरिसकेका छन् ।
फाइनल प्रवेशका लागि हेटौँडा–११ र हेटौँडा–१२ बीच नै प्रतिस्पर्धा हुनेछ । यस्तै हेटौँडा–१८ र हेटौँडा–१९ बीच अर्को सेमीफाइनल खेल हुनेछ । महिलातर्फ भने सेमीफाइनल चरणको खेल चलिरहेको छ । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा हेटौँडा–५ ले हेटौँडा–९ को सामना गरिरहेको छ । आजै सेमीफाइनल र फाइनल खेल सम्पन्न गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ, सान्त्वना हुने टिमले १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछ । हेटौँडा उपमहानगर खेलकुद विकास समितिको प्रायोजन तथा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय खेलकुद प्रतिष्ठानको आयोजनामा शनिबारबाट प्रतियोगिता सुरु भएको हो । महिलातर्फ ७ वटा वडाको टिम सहभागी हुँदा पुरुषतर्फ १० वटा वडाको टिम सहभागी थिए ।
