हेटौँडा : हेटौँडा बजार लायन्स क्लबको अध्यक्षमा विष्णुप्रसाद विडारी निर्वाचित हुनुभएको छ । शनिबार क्लबको बैठकले विडारीलाई वर्ष–२०२६/२७ का लागि सर्वसम्मत अध्यक्ष चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा पूर्णप्रसाद अर्याल, द्वितीय उपाध्यक्षमा हेमन्त ढुंगेल, तृतीय उपाध्यक्षमा देवेन्द्र कलवार, सचिवमा भवनाथ मैनाली, कोषाध्यक्षमा पुष्पराज मैनाली चयन हुनुभएको छ ।
बैठकमा क्लबका पूर्वअध्यक्ष लक्ष्मण कँडेल एरिया २ को चिफ चयन हुनुभएकोमा बधाई एवम् शुभकामना व्यक्त गरिएको थियो । बैठकमा क्लबका पूर्वअध्यक्षहरु माधव पोख्रेल, पारसमणि थिङ, लक्ष्मण कँडेल, होमनाथ खनालको पनि आतिथ्य रहेको थियो । सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित विश्वव्यापी स्वयम्सेवी सहयोगी संस्थाको रुपमा लायन्स क्लब स्थापित छ ।
