हेटौँडा : मकवानपुरको थाहा नगरपालिका–९, माझगाउँमा हावाहुरीका कारण १० जना स्थानीयको घर तथा गोठमा क्षति पुगेको छ ।

शुक्रबार साँझ आएको हावाहुरीले जस्तापाता उडाउनुका साथै काठ, झ्यालढोका, अन्नबाली र अन्य सर–सामानमा क्षति पुर्‍याएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरी टोली संकलन गरेको विवरणअनुसार हावाहुरीका कारण १९ लाख ५ हजार बराबरको क्षति भएको छ । हावाहुरीका कारण मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ ।