हेटौँडा : इंग्लिस प्रिमियर लिगमा आज शनिबार ५ खेल हुँदैछन् । नेपाली समयअनुसार आज साँझ ५ बजेर १५ मिनेटमा फुलहम र ब्रेन्टफोर्डबीच खेल हुनेछ ।

साँझ ७ बजेर ४५ मिनेटमा लिड्स युनाइटेडले उल्भ्सको सामना गर्दा न्यू क्यासल युनाइटेडले बर्नमाउथसँग खेल्नेछ । आजै राती १० बजेर १५ मिनेटमा टोटनहमले ब्राइटनसँग खेल्दा मध्यराती १२ बजेर १५ मिनेटमा चेल्सी र म्यान्चेस्टर युनाइटेडबीच खेल हुनेछ । लिग तालिकामा ३२ खेलमा ७० अंकसहित आर्सनल शीर्षस्थानमा छ भने ३१ खेल खेल्दै ६४ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा ५५ अंकसहित म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा छ ।

लिग तालिकाको पुछारमा १७ अंकसहित उल्भ्स रहेको छ भने ३० अंकसहित टोटनहम पुछारबाट तेस्रो स्थानमा रहँदा वर्नले २० अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।