हेटौँडा : शैक्षिक सत्र–२०८३ सुरुवातको क्रममा हेटौँडा–८ स्थित कमाने एकेडेमीका शिक्षकहरु शैक्षिक सामग्री निर्माणसम्बन्धी कार्यशालामा व्यस्त हुँदै । विद्यालयले पठनपाठन सुरु हुनुअघि शिक्षकहरुलाई शैक्षिक सामग्री निर्माणसम्बन्धी कार्यशाला आयोजना गरेको जनाएको छ ।

पहिलो चरणमा गणित शिक्षकका लागि कार्यशाला आयोजना गरिएको विद्यालयले जनाएको छ । शिक्षकका लागि आयोजना गरिएको कार्यशालाले विद्यार्थीको भविष्यको शैक्षिक सफलताका लागि बलियो आधार निर्माण हुने विद्यालयको विश्वास छ ।













