हेटौँडा : सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका–२ लिसंखुमा पर्खालबाट खसेर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय मिनबहादुर तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
तामाङ चैत १४ गते राती १० बजेको समयमा आफ्नै घरको आँगनको पर्खालबाट ३ मिटर तल खस्दा टाउको र खुट्टामा चोट गम्भिर घाइते भएका थिए । उनलाई उपचारका लागि काठमाडौँस्थित अर्थोपेडिक अस्पतालमा लगिएको थियो । उनलाई थप उपचारका लागि चैत १५ गते साँझ ६ बजेको समयमा टिचिङ अस्पतालमा रेफर गरिएको थियो । उपचारका क्रममा मंगलबार साँझ ६ बनेर ४४ मिनेटको समयमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।











