हेटौँडा: लागूऔषध अफिमसहित बारा प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका–२ का ५५ वर्षीय खड्ग बहादुर मोक्तान र ४९ वर्षीय लालबहादुर स्याङ्तानलाई पक्राउ गरेको छ ।
बुधबार दिनको ५ बजेको समयमा सिमराबाट लालबहादुरलाई ९ सय ४२ ग्राम अवैध लागूऔषध अफिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले आवश्यक कारवाहीका लागि उनीहरुलाई हिरासतमै राखेको छ ।
