हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकाले पालिकास्तरीय (कक्षा–८) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक भएको नतिजामा गाउँपालिका भित्रको १ सामुदायिक र ३ संस्थागत गरी ४ विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् ।
चैत्र ८ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको आधारभूत तहको परीक्षामा पालिकाबाट ७ सय ५५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी भएका मध्ये ५ सय ४३ जना (७२ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । ७२ जना विद्यार्थी नन्ग्रेडेड् भएको शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो । शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालयमा सामुदायिकतर्फ प्रजा माध्यमिक विद्यालय रहेको छ भने संस्थागततर्फ युनिभर्सल लर्निङ एकेडेमी, मेरिगोल्ड बोर्डिङ स्कुल, रेड एन्जल एकेडेमी रहेका छन् । प्रजा माविबाट २६ जनाले परीक्षा दिएका थिए । यस्तै मेरीगोल्डबाट २४, युनिभर्सल लर्निङ एकेडेमीबाट २९ र रेड एन्जल एकेडेमीबाट २३ जनाले परीक्षा दिएका थिए ।
परीक्षामा जनज्योति आधारभूत विद्यालयबाट परीक्षामा १८ जना विद्यार्थी सहभागी भएका थिए भने १७ जना विद्यार्थी ग्रेडेड भएका छन् । यस्तै महेन्द्रज्योति माध्यमिक विद्यालयबाट ३३ जना सहभागी भएका थिए भने १९ जना, पशुपतिनाथ माविबाट ९७ जना सहभागी भएकोमा ४७ जना, भोजसिद्ध माविबाट ५६ जना सहभागी भएकोमा २१ जना, बालजीवन ज्योति माविबाट ३९ जना सहभागी भएकोमा २७ जना, सीता माविबाट ३७ जना सहभागी भएकोमा २९ जना, महेन्द्र किरण माविबाट ७४ जना सहभागी भएकोमा ६० जना, ब्रम्हाकाली आधारभूत विद्यालयबाट ३१ जना सहभागी भएकोमा १५ जना विद्यार्थी ग्रेडेड भएका छन् ।
यस्तै राष्ट्रिय माध्यमिक विद्यालयबाट ४८ जना सहभागी भएकोमा ३३ जना, राष्ट्रिय रोटरी माध्यमिक विद्यालयबाट ८२ जना सहभागी भएकोमा ५८ जना, युवा वर्ष गंगा आबिबाट १८ जना सहभागी भएकोमा १५ जना, सगरमाथा आबिबाट १३ जना सहभागी भएकोमा १२ जना, राष्ट्रिय माविबाट ४४ जना सहभागी भएकोमा ३२ जना ग्रेडेड भएका छन् । संस्थागततर्फ युनाइटेड इङ्लिस बोर्डिङ स्कुल बाट ६३ जना सहभागी भएकोमा ५६ जना विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्षको तुलनामा यस वर्ष नतिजा राम्रो आएको पालिकाका शिक्षा शाखा प्रमुख पराजुलीले बताउनुभयो । गत वर्ष ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।











