हेटौँडा : माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ अन्तर्गत बुधबार भएको ऐच्छिक प्रथमपत्रको परीक्षामा मकवानपुर जिल्लामा ९४ जना परीक्षार्थी अनुपस्थित भएका छन् । परीक्षामा ५ हजार ६ सय ४७ जना परीक्षार्थी उपस्थित हुँदा ९४ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जानकारी दिएको छ ।
बुधबार ऐच्छिक प्रथमपत्रको सबै विषयको परीक्षा भएको हो । परीक्षामा नियमित परीक्षार्थीहरुमध्ये साधारणतर्फ ५ हजार १९० जना उपस्थित र ६२ जना अनुपस्थित भएका छन् भने प्राविधिक धारतर्फ १७९ जना उपस्थित हुँदा ३ जना अनुपस्थित भएका छन् । यस्तै ग्रेडवृद्धितर्फ २ सय ७८ जना उपस्थित हुँदा २९ जना अनुपस्थिगत भएका छन् । मकवानपुरमा २८ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भइरहेको छ ।
