Home खेलकुद सन्दिपको उत्कृष्ट बलिङमा बागमतीको फराकिलो जित

सन्दिपको उत्कृष्ट बलिङमा बागमतीको फराकिलो जित

हेटौँडा : पुरूष एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशले फराकिलो जित हात पारेको छ । बुधबार भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमतीले फराकिलो जित दर्ता गरेको हो ।

जनकपुरको रामजानकी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको कोशी प्रदेशले बागमती प्रदेशलाई १०० रनको सामान्य लक्ष्य दिएको थियो । कोशी प्रदेश २८ ओभर २ बलमा ९९ रनमा अल आउट भएको थियोे । कोशीका कप्तान सुजन थपलियाले सर्वाधिक २१ रन, अंकित सुवेदीले १९ रन र रोहन साहले १८ रन बनाए । बागमतीका कप्तान लामिछानेले ५ विकेट र रिजन ढकालले २ विकेट लिए ।

जवाफी व्याटिङ गरेको बागमती प्रदेश ९ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । बागमतीका विवेक राना मगरले अविजित ६१ रन बनाए । कोशिका विपिन कुमार महतोले २ विकेट र ज्ञानेन्द्र श्रेष्ठले १ विकेट लिए । उत्कृष्ट बलिङ प्रदर्शन गर्दै बागमतीका कप्तान लामिछाने प्लेयर अफ द म्याच घोषित भए । जारी प्रतियोगितामा हालसम्म ७ खेल खेलेको बागमती प्रदेशको यो तेस्रो जित हो भने समान ७ खेल खेलेका कोशी प्रदेश जितविहिन रहेको छ ।

यस्तै, वीरगंजस्थित नारायणी रङ्गशालामा गण्डकी प्रदेश र मधेश प्रदेश खेलिरहेको छ ।

Exit mobile version