हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले कक्षा–८ को वार्षिक परीक्षाको नतीजा सार्वजनिक गरेको छ । मंगलबार पालिकाले सार्वजनिक गरेको नतिजामा यस वर्ष ९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएको पालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो । चैत ८ गतेदेखि १६ गतेसम्म भएको परीक्षामा पालिकाका ७ वटा विद्यालयका एक सय ७२ जना विद्यार्थी सहभागी थिए ।

परीक्षामा सहभागी मध्ये १६८ जना (९८ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । पालिकास्तरीय परीक्षामा बत्सलादेवी माध्यमिक विद्यालयका ४ जना विद्यार्थी नन्ग्रेडेड भएका छ भने बाँकी ६ विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको उहाँले बताउनुभयो । परीक्षामा सरस्वती बालवोधिनि माध्यमिक विद्यालयबाट २४, पञ्चकन्या माध्यमिक विद्यालयबाट २० जना, भैरव आधारभूत विद्यालयबाट ४ जना, कालिका माध्यमिक विद्यालयबाट १८ जना, महाचुली माध्यमिक विद्यालयबाट २१ जना र कालिका माध्यमिक विद्यालयबाट ३३ जना सहभागी भएका थिए ।