हेटौँडा : हेटौँडा फुटबल एकेडेमी नवौँ गोलबजार मेयर गोल्डकप–२०८२ बाट बाहिरिएको छ । सोमबार सुनसरीको राष्ट्रिय जागृति क्लबसँग पराजित भएसँगै हेटौँडा एकेडेमी प्रतियोगिताबाट बाहिरिएको हो ।
हेटौँडा एकेडेमी पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित भएको हो । निर्धारित समयमा दुवै टोलीले समान १÷१ गोल गरेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । प्लेयर अफ द म्याच बनेका जागृति क्लबका गोल रक्षक विवश चौधरीले नगद ५ हजार रूपैयाँ पुरस्कार प्राप्त गरे । सिरहा जिल्लाको गोलबजार नगरपालिकाको आयोजनामा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता नटआउट प्रणालीमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको फाइनल खेल चैत २९ गते हुनेछ । प्रतियोगिता विजेता टोलीले ४ लाख ४४ हजार ४४४ रूपैयाँ र उपविजेता टोलीले २ लाख २२ हजार २२२ रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।











