हेटौँडा : अस्पताल विकास समिति कर्मचारी युनियनको वरिष्ठ उपाध्यक्षमा हेटौँडाका हीरालाल लामा चयन हुनुभएको छ । युनियनको चौथो राष्ट्रिय महाधिवेशनबाट लामा सर्वसमत वरिष्ठ उपाध्यक्षमा चयन हुनुभएको हो ।
महाधिवेशनबाट विराटनगरका नवराज लुइटेलको अध्यक्षतामा ६३ सदस्यीय नयाँ समिति निर्वाचित भएको छ । समितिका लामासहित हेटौँडाका सन्देश घिमिरे सचिवमा, सुवर्णा कार्की महिला सचिवमा, राजकुमार शर्मा र जयराम रायमाझी सदस्यमा निर्वाचित भएका छन् । युनियनको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबार भरतपुरमा भएको थियो ।
