हेटौँडा : लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जनालाई मकवानपुर प्रहरीले पक्राऊ गरेको छ । प्रहरीद्वारा सञ्चालित ‘अप्रेशन ड्रप’ अन्तर्गत सोमबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले मनहरी गाउँपालिका अन्तर्गत सडकखण्डमा गरेको आकस्मिक सुरक्षाजाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार ६५ वटा सवारी जाँच गरिएकोमा १२ जना चालकले लागूऔषध सेवन गरी सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ । ‘अपरेशन ड्रप’ अन्तर्गत यसअघि मकवानपुर प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो ।











