हेटौँडा:बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा तेस्रो दिन २०४ जना परीक्षार्थी अनुस्थित भएका छन् । आईतबार भएको अनिवार्य गणित विषयको परीक्षामा मकवानपुर जिल्लामा ६ हजार ६ सय २४ जना परीक्षार्थी उपस्थित हुँदा २ सय ४ जना अनुपस्थित भएका छन् ।
परीक्षामा नियमित परीक्षार्थीहरुमध्ये साधारणतर्फ ५ हजार २७२ जना उपस्थित र ७४ जना अनुपस्थित भएका छन् भने प्राविधिक धारतर्फ १७९ जना उपस्थित हुँदा ३ जना अनुपस्थित भएका छन् । यस्तै ग्रेडवृद्धितर्फ १ हजार १७३ जना उपस्थित हुँदा १२७ जना अनुपस्थिगत भएका छन् । मकवानपुरमा २८ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भइरहेको छ ।











