Home मुख्य समाचार हेटौँडामा प्रहरीको ‘अपरेसन ड्रप’ : १८ जना पक्राउ

हेटौँडामा प्रहरीको ‘अपरेसन ड्रप’ : १८ जना पक्राउ

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : हेटौँडामा बिचौलिया तथा गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले ‘अपरेसन ड्रप’ संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको विशेष अभियान ‘अपरेसन ड्रप’ मार्फत् १८ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले यात्रुहरुलाई अनावश्यक हैरानी दिने, गैर–व्यावसायिक क्रियाकलाप गर्ने, गुण्डागर्दी तथा आपराधिक गतिविधिहरुमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन उक्त अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए । उनका अनुसार उक्त अभियान अन्तर्गत चैत २१ र २२ गते हेटौँडाका विभिन्न स्थानबाट १८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा बस्ने १७ जना र रौतहट जिल्ला फतुवा विजयपुर नगरपालिकाका १ जना रहेका छन् । प्रहरीले हेटौंडा–१ का नसिब बर्तौला, फारोक अन्सारी, हेटौँडा–११ का नवराज गुरुङ, बद्री बहादुर तामाङ, शुभम् थिङ, सुरज श्रेष्ठ, हेटौँडा–१३ का सुगम लोप्चन, रोजेश ओझा लगायत रहेका छन् । त्यस्तै हेटौँडा–१२ का सन्त कुमार महर्जन, कमल सिंह भ्लोन, अजय स्याङ्तान, अरुण स्याङतान, सविन थिङ, हेटौँडा–१९ का अर्जुन भ्लोन तामाङ, दिपेश लामा, हेटौँडा–१४ का राहुल तामाङ, हेटौँडा–६ का नविन गौतम र फतुवा विजयपुर–१०, रौतहटका रवि तिमल्सिनालाई पक्राउ गरिएको छ ।

Exit mobile version