प्रतिनिधिसभाको सभामुख निर्वाचित भएको घोषणापश्चात रास्वपा सभापति रवि लामिछानेले अंकमाल गरेर बधाई दिनुहुँदै ।

हेटौँडा : प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद अर्याल सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नवगठित प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा सभामुखको जिम्मेवारी सम्हालिरहनुभएका अर्जुन नरसिंह केसीले डोलप्रसाद अर्याल सर्वसम्मत सभामुख निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो ।

अर्याललाई सभामुख बनाउन प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेले प्रस्ताव गर्नुभएको थियो भने वाग्लेको प्रस्तावमा प्रतिनिधिसभा सदस्य शोभिता गौतमले समर्थन गर्नुभएको थियो । पूर्वमन्त्री समेत रहनुभएका अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति हुनुहुन्थ्यो । अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।

सभामुख पदमा अर्याल निर्वाचित हुनुभएको घोषणा लगत्तै केसीले प्रतिनिधिसभाको अगामी बैठक चैत २३ गते सोमबार (भोलि) दिनको १ बजे बस्ने गरी आइतबारको बैठक स्थगित गर्नुभएको छ ।