Home कला कलाकारले चित्रमा उतारे माछापोखरी

कलाकारले चित्रमा उतारे माछापोखरी

माछापोखरीको चित्र कोर्दै एक चित्रकार ।

हेटौँडा : हेटौँडा–५ स्थित मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्रमा शनिबारीय स्थलगत कला कार्यशाला सम्पन्न भएको छ । शनिबारीय स्थलगत कला कार्यशाला अभियान मकवानपुर शाखाले प्रत्येक शनिबार झैं यो शनिबार उक्त स्थानमा कार्यशाला आयोजना गरेको थियो । स्थलगत चित्रकला कार्यशालामार्फत चित्रकारहरुले माछापोखरी चित्रमा उतारेका छन् ।

कार्यशालामा ९ जना कलाकारहरूको समूहले मत्स्य केन्द्र वरपरको प्राकृतिक वातावरण र जलाशय क्षेत्रको चित्रण गरे । प्राकृतिक जलाशय र यसको वरपरको सौन्दर्यलाई चित्रकलाका माध्यमबाट प्रस्तुत गर्दै सो क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको शाखा प्रमुख सुजन राईले जानकारी दिनुभयो । यस अभियानले हेटौँडा र आसपासका पर्यटकीय तथा प्राकृतिक क्षेत्रहरूलाई कलामार्फत चिनाउन मद्दत पुग्ने विश्वास लिइएको शाखा प्रमुख राईको भनाइ छ । यो अभियान अन्तर्गत कलाकारहरूको टोली प्रत्येक शनिबार हेटौँडाका विभिन्न प्राकृतिक तथा ऐतिहासिक स्थलहरूमा पुगेर स्थलगत चित्रकला अभ्यास गर्ने गर्दछन् ।

Exit mobile version