हेटौँडा : मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य आइतबार (भोलि) देखि पुनः सुचारु हुने भएको छ । शुक्रबार एक सूचना जारी गरी आईतबारदेखि नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिने बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
बुधबार बसेको निर्वाचन आयोगको बैठकले यसअघि मंसिर ६ गतेदेखि स्थगन गरिएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम आईतबारदेखि पुनः सुचारु गर्ने निर्णय गरेको थियो । गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण मंसिरदेखि नामावली संकलन तथा अद्यावधिक कार्यक्रम स्थगित भएको थियो ।
मतदाता नामावली दर्ता गर्दा मतदाताको ठेगाना जहाँ भएपनि देशभर रहेका जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयबाट सजिलै सेवा लिन पाउनेछन् । नामावली जहाँ दर्ता गरिएपनि मतदाता नामावली मतदाताको स्थायी ठेगानामै कायम हुने व्यवस्था रहेको छ ।
भूपिनको ‘मध्यको उज्यालो’ परिसंवाद
हेटौंडा ः साहित्यकार भूपिनको पछिल्लो निबन्धसँग्रह ‘मध्यको उज्यालो’ को हेटौंडामा परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार साहित्य संगम मकवानपुरको आयोजनामा परिसंवाद भएको हो । हेटौंडाका साहित्यकार निमेष निखिल संवादकर्ता रहनुभएको कार्यक्रममा भूपिनले आफ्ना पाठकहरुसँग पनि संवाद गर्दे आफ्नो कृतिको दार्शनिक तथा साहित्यिक पक्षबारे मन्तव्य राख्नुभएको छ ।
