हेटौंडा : हेटौंडा–१०, भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको एसईई परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शुक्रबार बिहान ८ बजेको समयमा अर्काको नामको प्रवेशपत्रमा आफ्नो फोटो राखी परीक्षा दिन आएका सिन्धुली जिल्लाको मरिन गाउँपालिका–४ घर भई हाल हेटौंडा–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय बिराज विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
अनुसन्धानका क्रममा बिराजले हेटौंडा–१२ पदमपोखरीका १९ वर्षीय अंकिश श्रेष्ठको नाममा जारी गरिएको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन आएको खुल्न आएको छ । प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
